निशा अब क्रियटिभ निर्देशक

August 2nd, 2011

फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ५, बिहिवार

मिसन पैसा डेब्यू नायिका निशा अधिकारी अब क्रियटिभ निर्देशक हुने भएकी छिन् । दशैंको सेरोफेरोमा निर्माण हुन लागेको एक चलचित्रका लागि निशाले नायिकाको साथमा क्रियटिभ निर्देशकको कार्यभार पनि सम्हाल्दै छिन् ।
3 lovers(2)
केहि महिना अघि अमेरिका पुगेर निर्देशन सम्बन्धि कोर्ष गरेर आएकी यि नायिकालाई निर्देशक सुरेशदर्पण पोखरेलले आफूले निर्देशन गर्न लागेको चलचित्रका लागि क्रियटिभ निर्देशकको रूपमा अग्रिमेन्ट गरेका हुन् । क्रियटिभ निर्देशकको जिम्मा पाएकी निशाले अहिले सम्मकै धेरै पारिश्रमिक पाएको निर्माण युनिटले जनाएको छ । नायिका र क्रियटिभ निर्देशक सहित निशाले ४ लाख पारिश्रमिल लिएको बताईएको छ ।

थ्री ब्रदर्श क्रियशनले निर्माण गर्न लागेको उक्त चलचित्रमा नायिका निशालाई ‘कुसुमे रूमाल-२’ डेब्यू नायक निरज बरालले साथ दिने भएका छन् । नायिका निशा र नायक निरज पहिलो पटक एकसाथ सो चलचित्र मार्फत पर्दामा देखिन लागेका हुन् । यसैगरी यसै चलचित्रबाट चौध बर्ष देखि बेल्जियम बस्दै आएका मोडल एवं गायक देबु श्रेष्ठले डेब्यू गर्दैछन् । जगदम्बा सिमेन्टको बिज्ञापन लगायत केहि म्युजिक भिडियोमा अभिनय गरेका देबुले अमेजिङ नामक एल्बम बजारमा ल्याईसकेका छन् ।

बेल्जियम निवासी प्रिन्स श्रेष्ठको लगानीमा निर्माण हुन लागेको सो चलचित्रको छायाँकन युरोप र नेपालमा गरिने भएको छ । चलचित्रको छायाँकनका लागि निर्माण युनिट अगस्ट महिनामा युरोप जाँदैछ । सोही अवसरमा निर्देशक पोखरेलको पछिल्लो चलचित्र ‘मिस यू’ को बेल्जियममा रेड कार्पेट प्रिमियर पनि गरिने भएको छ । प्रेमकथामा अधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको कथा शिबम् अधिकारीले लेखेका हुन् ।
COMMENTS (15)

bikrant sjb rana, 2011-07-21 21:33:13
wow…gr8 news..!!!!! This TEAM looks perfect ‘ good luck NISHA n NIRAJ ‘ NEw actor ko body ta khatara chha hai..nepali salmaan …’ ALL THE BESTS…!
POOJA GRG, 2011-07-21 21:44:30
WOW..Niraj…”” Em’ yr great fan…..!!!! u r so cute n Handsome….Neesha n Niraj ,It will be the supub PAir !!!! nW iTs yr time NIraj…go Ahead…u’ll ROCK’ I LOVE U…..!
divYA RANa, 2011-07-21 21:51:44
‘ NISHA ‘NIRAJ ‘DEVU ‘ DARPAN’ ‘3 BROTHERS’ GOOD LUCK !!!
hello gaule’, 2011-07-21 21:56:45
HEY THIS GUY IS REALLY COOL..’ I THINK HE IS UPCMING SUPERSTAR BT NIRAJ ,Never be proudy like Aaryan hai…’ i knw u’ll rock…congrates nisha n whole tEAM ‘ new hero DEVU ;Gr8 body…’ Subhakamana /
sudin SHRESTHA, 2011-07-21 22:10:56
Young n Talented Director suresh darpan..well done .Good job..’ Firstly u relaunched namrata shrestha after her scandel in MISS U nW U have launched talented actress Neesha Adh as a CRETIVE dIRECTOR’ THTS rEALLY GR8 OF U..’ I think niraj n new Actor Devu shres will also rOCK the nation..’
anuska devkota, 2011-07-21 22:23:36
MAILE KURIRAKO PAIR NISHA n NIRAJ LOVELY , Yo film ta herchhu herchhu ‘ Bidesh basne hero g laai nepali aauchha ta siknus hai boby ta dami raichha..acting chahi kasto hune ko, lau dami hunuparchha hai yo film, i m witing..love u neesha.
skynet, 2011-07-22 01:43:39
Body sody le ke hudaina…. acting chahincha acting…… Nisha u r cho sweet…. bt new actor… paisa le hero banirako ho bhane.. maile bhannu ke chaina bt acting garna auuncha ani lagalsil bhayera industry ma lagne ho bhane thik cha natra 1-2 movie garera kulelam thoknu parla.. b aware of it….. nyway suresh g… gud job.. nisha lai directing ko oprtunity dinu bhayecha thats gud job …… hope tapai haru ko team le ke naya taste dina saknu huncha ki….. M wating the Movie… “PLAN” & “CHALLENGE”
Raju ‘anupam’, 2011-07-22 10:43:33
Great news …….. all the best ” 3 L0vErS” team …a perfect team ….n Good luck 4 DEVU ji ……Rock the world……..nisha n niraj do ur best ……n of course SDP ji U always rocking ……keep it up ………….love you all
SUSHAN LAMA, 2011-07-22 14:07:12
@ Skynet i dnt agree with u ‘ body sody le kehi hudain..’ of course euta actor vayepachhi body dami hunaiparchha…dance..acting sab chahinchha…look ta khata hunuparyo ni…this guy Dev looking cool with gr8 body…thaha chhaina acting kasto chha…btn Bagh hoina jhamtane vanne sng ko vdo ma chahi ramro gareko chha…i think he is the same guy, sabai kura ma perfect vayera nepali salmaan hunu paryo yeha sab hanuman haru vaye’ ani media ma kaam gareko le hola suresh darpan ko publicity style chahi jaile khatara hunchha..kahile namrata re’ kahile nisha creative dir!!..la..la…gud luck
shishir malla, 2011-07-22 20:40:14
hopeful news about film industry. both debut owner artists together!well done SDP
SUSMITA SHRESTHA, 2011-07-23 03:47:05
GR8 news GR8 team. hope nepali film industray gonna rock. NISHA/NIRAJ a very talented, liked them. new actor devu ji looks gr8 with ur sexy body. i saw ur music videos liked very much. hero must looks like a hero and you realy looks very good hope ur acting also as good as u r glad to hear that ur back after 14 years from belgium to do a nepali movie… rock like sallu bhai in nfi.. best of luck director sdp,nisha,niraj and salman urf devu ji..
raju kc, 2011-07-23 15:31:04
since first love and kusume rumal2 ive been great fan of charming nisha n handsome niraj.from the picture ive become fan of devu too.moti nisha matched mote rn n karma.now slim.sexy n hot nisha will match alike niraj n devu, i can h ardly wait ,,,please sdp release the movie sooooon!
niki, 2011-07-25 10:57:36
well….nisha loooks amazing wid her toned body now. she has everything to make a gr8 artist with international appeal. aba creativity heraun. good luck to all of u!!!
prach, 2011-07-27 11:48:00
hot, sexy , beautiful wid loads of brains. nisha adhikari. show us ur creativity. movie haaaami chalayera hitt banaunechaun.
Lila Nidhi Dhaurali [pandav], 2011-07-27 16:05:37
jasle jatisukai kura gare pani bebahariktama utarna garai 6. tapani nepali pan nepali man chune khalko chai hunai par6 . aru filmharuko nakkal garera banayako ta kunai arthaai chaina nepali vannalai . je hos yuba pustako lagi samarpan garna sakne kadi chai suresh pokherel bhaima 6 usle garna sak6 ra nirman vayaka film sab hit hune purna biswash malai 6.

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

‘मिस यू’ को सेक्सी जोडी

August 2nd, 2011

फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १७, मंगलवार

गायिका मल्लिका कार्कीले गाएको ‘यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा…’ बोलको गीतबाट चर्चामा आएको जोडी हो नायिका नम्रता श्रेष्ठ र बरूण राणा । गायिका कार्कीले गीत गाए जस्तै यो जोडी पनि मान्छेहरूको भिडमा एउटा उदाहरण बन्न सक्छ ।

नायिका श्रेष्ठ र मोडल राणाको पहिलो भेट चलचित्र ‘सानो संसार’ को प्रि-प्रोडक्सनका बेला भएको हो । त्यो बेला निर्देशक आलोक नेम्वाङको साथमा आएका राणाले नायिका श्रेष्ठसँग परिचय गर्ने मौका पाए । मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी नम्रतासँगको परिचयसँगै यि दुईको मित्रताको गाँठो कसिन थालेको हो । जब गायिका मल्लिका कार्कीको माथी उल्लेखित गीतमा नम्रता र बरूणले अभिनय गरे तब देखि झन् यि दुईको मित्रताले गाढा रूप लियो । त्यसपछि त नम्रता र बरूण उदाहरणिय साथी बन्न थाले ।

यहि गीतमा यो जोडिको केमेस्ट्री मिलेको देखेर नै निर्देशक सुरेशदर्पण पोखरेलले आफ्नो चलचित्र ‘मिस यू’ मा मोडल बरूण राणालाई ब्रेक दिए भने नायिका श्रेष्ठलाई रि-ईन्ट्री गराए । चलचित्र ‘मिस यू’ मा यो जोडी प्रेमी प्रेमीकाको रूपमा प्रस्तुत भएका छन् । मिस यू को स्लोगनलाई नै आधार मान्ने हो भने ‘They are made for each other’ . अझ मिस यू डेब्यू नायक राणा यस चलचित्रमा नम्रतासंगको आफ्नो जोडीलाई ‘सेक्सी जोडी’ को संज्ञा दिन्छन् । तर रियल लाईफमा भने त्यस्तो नभएर एउटा राम्रो फ्रेन्डसिप भएको राणाको भनाई छ ।

मल्लिका कार्कीको गीतसँगै बिकास राणाको ‘लुकेर लाएको माया…’ र अञ्जु पन्तको ‘को भन्छ पहिलो माया अजम्बरी हुन्छ…’ बोलको गीतमा बरूणसँग अनस्क्रिन रोमान्स गरेकी नम्रताले बरूणसँगको मित्रता एउटा उदाहरण बन्ने दाबी गर्छिन् । उनी भन्छिन्, ‘बरूणसँग हिड्न, काम गर्न मलाई सहज हुन्छ । उ मेरो प्रिय साथी हो । मैले उसँग लाईफको दु:ख सुख साट्ने गर्छु ।’ रियल लाईफको जस्तै मित्रता चलचित्र मिस यूमा पनि देख्न सकिने भन्दै नम्रता थप्छिन्, ‘दर्शकहरूले यो चलचित्र हेरेपछि मित्रताको बारेमा बुझ्नु हुन्छ ।’

निर्देशक पोखरेलले पनि यो जोडी आफ्नो चलचित्र ‘मिस यू’ कै लागि बनेको बताउँछन् । दुबैको कामबाट सन्तुष्ट रहेका निर्देशक पोखरेलले नम्रता र बरूणबाट मित्रताको पाठ सिक्न आग्रह पनि गर्छन् । नम्रता र बरूणको रियल लाईफको फ्रेन्डसिप दर्शकले देख्न र महसुस गर्न नसके पनि दिलिप रायमाझीले निर्माण गरेको चलचित्र ‘मिस यू’ मा भने पक्कै देख्न र महसुस गर्नुहुनेछ । अनि मिस गर्नुहुनेछ आफ्नो जीवनको अमूल्य पललाई ।
7971223a47013fa14c7d6204c4e282f2_thumbnail

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

दर्पण छायाँ’को सिक्वेल ‘मिस यू’ जिवन पराजुली, १७ श्रावण २०६८ by onlinesansar.com 2011-08-02

August 2nd, 2011

नायक दिलिप रायमाझीको प्रस्तुती रहेको चलचित्र ‘मिस यू’ सफल चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल भएको खुलासा भएको छ । जानकारीमा आए अनुसार नायक दिलिप रायमाझीले आफ्नो पहिलो चलचित्रको सिक्वेलको रुपमा चलचित्र ‘मिस यू’ बनाएका हुन् ।

श्रवण घिमिरेको निर्माणमा आफैले अभिनय गरेको अत्याधिक सफल चलचित्र ‘दर्पण छायाँ’लाई पछ्याउँदै रायमाझीले आँफैले चलचित्र बनाएर नेपाली चलचित्र उद्योगमा अर्को सफल चलचित्र भित्राउने प्रयास गरेका छन् । ‘दर्पण छायाँ’ सफल हुँदाको परिस्थिति र अहिलेको समाज मेल नखाने भएतापनि बिषयवस्तुलाई आधुनिकिकरण गरेर सिक्वेलको रुपमा शुरेस दर्पण पोखरेलको निर्देशनमा ‘मिस यू’ निर्माण भएको बताईएको छ ।

तुलसी घिमिरेको निर्देशन रहेको ‘दर्पण छायाँ’ मार्फत नै नायक रायमाझीले चलचित्रमा प्रवेश गरेका थिए । दिलिप रायमाझीका अलावा उत्तम प्रधान, निरुता सिंह लगाएतका कलाकारहरुले ‘दर्पण छायाँ’मा अभिनय गरेका थिए । कलेज लाईफको बारेका निर्मित ‘दर्पण छायाँ’मा अभिनय गरेकी निरुता सिंहको स्थानमा नम्रता श्रेष्ठ र उत्तम प्रधानको स्थानमा नव-नायक बरुण राणाले अभिनय गरेका छन् भने दिलिप रायमाझी आफैले ‘मिस यू’मा पनि सो भुमिकालाई निरन्तरता दिएका छन् ।

सोमबार मात्र डबिंग सकिएको ‘मिस यू’ आगामी सेप्टेम्बरदेखि युरोपेली देशहरुमा प्रदर्शन हुँदैछ । बेल्जियममा रेड कार्पेट गरिने यस चलचित्रलाई युरोपेलि तथा खाडी गरी २५ भन्दा बढी मुलुकमा प्रदर्शनमा आउने भएको छ । तिहार आसपासमा नेपालका हलहरुमा प्रदर्शन हुने ‘मिस यू’को दुई हप्ता पछाडी अडियो विमोचन गरिदैछ ।

राजु बिक्रम थापा र धिरज जंग शाह छायाँकार रहेको ‘मिस यू’को असि प्रतिशत छायांकन मलेशियाको क्वालालम्पुर, पेमांग लगाएतका स्थानहरुमा र बाँकी काठमाण्डौमा गरिएको छ । बाबु बोगटी तथा किचमान चित्रकारको संगीत रहेको यो चलचित्र नायिका नम्रता श्रेष्ठको तेश्रो चलचित्र हो ।

मोडलिंग बाट चलचित्रमा प्रवेश गरेकी नम्रताले ‘सानो संसार’ तथा ‘मेरो एउटा साथी छ’मा मूख्य भुमिकामा अभिनय गरेकी छिन् । यि दुवै चलचित्र पछिल्लो पुस्ताका लोकप्रिय चलचित्रहरु हुन् । ‘मिस यू’ बाट नै डेब्यू गर्दै गरेका नव-नायक बरुण राणा पनि मोडलिंग बाट चलचित्रमा प्रवेश गरेका हुन् ।

अत्याधिक सफल चलचित्रको सिक्वेलमा हात हालेका दिलिपले पक्कै पनि ‘दर्पण छायाँ’मा आफूले गरेको जिवन्त अभिनय बिर्सेका छैनन् । ‘मिस यू’ प्रदर्शन नभएसम्मका लागी चलचित्रबाट बिश्राम लिएका रायमाझीको लगानीलाई नेपाली चलचित्र उद्योगमा महत्वका साथ हेरिएको छ । निर्देशक शुरेस दर्पण पोखरेलले अग्रज निर्दैशक तुलसी घिमिरेसँग टक्कर लिन खोजेका छन् ।

घिमिरे निर्देशित सफल चलचित्र ‘दर्पण छायाँ’को सिक्वेललाई निर्देशन गर्नु उनका लागी निकै चुनौतीपूर्ण काम भएतापनि वर्तमान समयमा युवा पुस्ताका लोकप्रिय निर्देशक हुन् । ‘निशाना’, ‘कस्लाई दिउँ यो जोबन’ जस्ता चलचित्र निर्देशन गरेका पोखरेलले ‘मिस यू’लाई कत्तिको न्याय गरेका छन्, त्यो भने पछि नै थाहा हुनेछ ।

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

मिस यू पछि थ्री लभर्स

June 18th, 2011

‘निशाना’ बाट निर्देशन यात्रा शुरू गरेका युवानिर्देशक सुरेशदर्पण पोखरेलले पछिल्लो समयमा ‘मिस यू’ नामक चलचित्र निर्देशन गरेर राम्रै चर्चा पाए । नायक दिलिप रायमाझीले निर्माण गरेको सो चलचित्र रिलिज पूर्व नै हिट भईसकेको सञ्चारमाध्यम र दर्शकहरूमाझ चलेको हल्लाले देखाएको छ । ‘मिस यू’ एक फरक चलचित्र निर्माण गरेको दाबी गर्ने निर्देशक सुरेश अहिले नयाँ चलचित्र निर्देशनको तयारीमा छन् ।

बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको लगानीमा सुरेशले ‘थ्री लभर्स’ नामक चलचित्र निर्देशन गर्ने भएका छन् । थ्री ब्रदर्श क्रियशनको प्रस्तुती रहने सो चलचित्रमा तीन कलाकारको मुख्य भुमिका रहने निर्देशक पोखरेलको भनाई छ । तर चलचित्रमा अभिनय गर्ने कलाकारको नाम भने फाईनल भईनसकेको निर्देशक पोखरेलले बताए । युवापुस्तालाई मध्यनजर गरेर निर्माण गर्न लागिएको चलचित्र ‘थ्री लभर्स’ को कथा शिबम् अधिकारीले लेख्दै गरेको पनि उनले बताए ।

अहिले निर्देशक पोखरेल कलाकारको खोजीमा छन् । सम्भवत चलचित्रको नायक मध्ये एक आर्यन सिक्देल हुनेबुझ्नमा आएको छ तर निर्देशक पोखरेलले भने अझै कोही कलाकार फाईनल नभएको र खोजी गरिरहेको बताए । सस्पेन्स प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको अहिले संगीतको पनि काम शुरू गरिदै छ । चार वटा सम्म गीत राख्ने तयारी गरिएको भन्दै सुरेशले एउटा गीतमा बाबु बोगटीको संगीत रहने पक्का भएको जानकारी दिए । बाँकी तीन गीत कस्लाई दिने भन्ने बारे अझै केहि निर्णय नभएको उनले बताए ।

हाल पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘मिस यू’ को अगस्ट महिनामा बेल्जियममा रेड कार्पेट प्रिमियर गर्ने तयारीमा रहेका निर्देशक सुरेशले सोही बेला नै बेल्जियम र आसपासका स्थानमा चलचित्र ‘थ्री लभर्स’ को केहि भागको छायाँकन गर्ने जानकारी गराए । युरोपमा केहि भागको छायाँकन गरेपछि नेपाल आएर बाँकी भागको छायाँकन गर्ने उनको भनाई छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २९, आईतवार

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

माया नगरीमा माया कै खडेरी : सुरेश दर्पण पोखरेल

May 19th, 2011

लगभग ९ बर्षको चलचित्र पत्रकारिताको दौरानमा आज पहिलो पटक पाठकहरूमाझ केहि लेखौं भनेर बसेको छु । लेख्ने त लेख्ने तर बिषय…? मैले धेरै बिषयहरूमा कलम चलाउने प्रयास गरें तर अहँ… किन हो किन सुरू गर्नै सकिन । मलाई राम्रोसँग सम्झना छ करिब ९ बर्ष अघि रेडियो लुम्बिनीमा पहिलो पटक कार्यक्रम चलाउन लाग्दा पनि यस्तै भएको थियो । के बोल्ने …? कहाँबाट शुरू गर्ने …? रेडियो लुम्बिनीमा काम गरेको करिब एक बर्ष पछि चितवनको सिनर्जी एफएममा पहिलो पटक लाइभ सो (सिनेदर्पण) सञ्चालन गर्न लाग्दा पनि फेरी त्यस्तै लाग्यो । खै कहाँबाट शुरू गर्ने ? जे होस् शुरू गर्नु नै थियो, मैले पनि शुरू गरे । त्यही प्रारम्भले आज मेरो पहिचान बनेको छ । म फेरि एउटा अलि फरक यात्रामा लागेको छु फिल्मीखबर डटकम मार्फत पाठकहरू माझ पुग्ने । मलाई विश्वास छ मेरो यो यात्रा पनि सफल हुनेछ । आफ्नो बारेमा धेरै लेखेकी जस्तो लाग्यो त्यसैले अब म विषय तिरै केन्द्रित हुन चाहन्छु ।

हो मैले के लेख्ने भनेर धेरै सोचेपछि एउटा बिषय भेटें त्यो हो प्रेम । म अहिले जुन क्षेत्रमा छु त्यो क्षेत्रलाई माया नगरी पनि भनिन्छ । हो, चलचित्र क्षेत्र एउटा माया नगरी नै हो । चलचित्रको माध्यमबाट कलाकारहरूले माया गर्न सिकाईरहेका हुन्छन् । बिग्रेको घर कसरी मिलाउने भनेर लागि परेका हुन्छन् तर दुर्भाग्य माया गर्न सिकाउने तिनै कलाकारहरूको घर गृहस्थी दिन प्रतिदिन बिग्रदैं गएको हामीले देखेका छौं । आखिर किन ? चलचित्रको दुनियाँ सपनाको संसार रंगीन संसार । भनिन्छ यो माया नगरी हो तर किन हुँदैछ माया नगरीमा माया कै खडेरी ?
चलचित्र क्षेत्र बाहिरबाट हेर्दा निकै रंगीन देखिन्छ । कलाकारहरूको क्रेज, निर्देशक, निर्माताको शान, सञ्चारमाध्यममा उनीहरूको चर्चापरिचर्चा, सम्हाल्नै गार्‍हो हुने गरी नेम र फेम । त्यसैले हरेक आम दर्शकहरूको सपना हुन्छ चलचित्रका काम गर्ने । म यि कुराहरू हचुवाको भरमा लेखिरहेको छैन । पत्रकारिताको दौरानमा मैले थुप्रै राजनेताहरू सँग कुरा गरेको छु । चाहे राष्ट्रपति रामवरण यादव हुन् वा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईराला, माधब नेपाल, अमिक शेरचन, पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा अहिलेका प्रधानमन्त्री झलनाथ खनाल । मैले उनीहरूको जीवनको कुनै न कुनै मोडमा चलचित्रप्रतिको झुकाव र आकर्षण पाएको छु । नेता ज्यूहरूको मात्रै के कुरा गर्नु, शिक्षाविद्, व्यापारी, साहित्यकार लगायतका हरेक क्षेत्रमा कार्यरत अधिकांश महानुभावहरूको एक समयमा कुनै न कुनै रूपमा चलचित्रको संसार तिर आकर्षित भएको पाईन्छ । सबैका सबै सपना पूरा हुँदैनन् । उहाँहरूमा पनि सायद यही कुरा लागू भएको होला । जेहोस् हरेक तह र तप्काका मान्छेहरूको रूचिको विषय हो, चलचित्र । फेरि धेरै टुट्फुट यहाँ नै किन हुन्छ ?

त्यसो त सम्बन्धहरू तोडिने र जोडिने केबल सिने नगरीमा मात्रै हुँदैनन् । हरेक क्षेत्रमा हुन्छ यस्तो । तर कलाकर्मीहरूको बारे धेरै हल्लाखल्ला हुन्छ र चासो पनि । दुई कलाकार बिच बोलचाल बन्द भयो त्यो समाचार बनिहाल्छ । फलानो र ढिस्कानो रेष्टुराँमा भेटिए, झनै राम्रो गसिप, यस्तै यस्तै । अनि कति बन्छन् बन्छन् घर गृहस्थी टुटेका स्कूपन्यूज । हो, यहाँ यस्तै भइरहेको छ । नेपाली कलाकर्मीहरूको टुटेको घर गृहस्थी जीवन हेर्ने हो भने अधिकांश जोडीहरू दुई मध्ये एक सफलताको एउटा बिन्दूमा पुगेको देखिन्छ र त्यहि सफलता नै ति दुई बिचको सम्बन्धको तगारो बनेको भेटिन्छ ।

सायद तपाईंले सम्झनु भयो होला, हो हिन्दी चलचित्र ‘अकेले हम अकेले तुम’ मा अमिर र मनिषाको कथा जस्तै । दु:खका दिनहरूमा सँगै संघर्ष गर्‍यो, आधी पेट खायो, एक अर्काको आँशु पुछ्यो, रूमाल भिजायो अनि च्यूरा, चाउचाउ र पानीले पेट भर्‍यो । संघर्षका दिनहरू लम्बिंदै जान्छन्, कतै आशाका, कतै निराशाका, कतै सम्भावनाका किरणहरू त कतै विकल्पहिन पर्खालहरू । अनि बिस्तारै एकलाई सफलताले पछ्याउन थाल्छ, रंगीनताले हात फैलाउँछ र उसले सँगैको सहयात्रीलाई लात हानेर दौडन्छ त्यो चरम सफलतालाई अंकमाल गर्न । त्यो बेला केही सम्झना आउँदैन । कोठाभाडा तिर्न नसकेको क्षण, त्यो आँशु, त्यो च्यूरा, चाउचाउ सबै बिर्सन्छ । यो त एउटा कारण भयो । अरू पनि छन् फिल्मी कलाकारहरूको घर गृहस्थी टुट्ने कारणहरू । एक अर्का बिचको अविश्वास, शंका अनि व्यक्तित्वको टकराव ।

विशेषत: अधिकांश नेपाली चलचित्रका नायिकाहरूको घर गृहस्थी तोडिएको पाइन्छ । यसका पछाडी मुलभूत केहि कारणहरू छन् । विवाह पूर्वको बिश्वास विवाह पश्चात अविश्वासमा बदलिन्छ अनि प्रेम घृणामा । विवाह अगाडी हरेक कुरामा सम्झौता गर्न सक्ने जोडी विवाह पश्चात कुनै कुरामा पनि सम्झौता गर्न चाहदैनन् र महत्वाकांक्षा झन् बढ्न थाल्छ । हिजो सम्मको हरियाली खडेरीमा बदलिन्छ अनि त के बाँकी रह्यो र ? पत्रकार साथीहरूका लागी गसिप समाचारहरू कति कति । यो दुनियाँ त रंगीन नै छ तर यहाँका मान्छेहरू रंगहीन भएका छन् । नाम त यसको माया नगरी नै हो तर यहाँ मायाकै खडेरी छ ।

http://www.facebook.com/missu.film
फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ३, मंगलवार

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

‘मिस यू’ को ब्लग , फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २४, शनिवार

May 7th, 2011

यदि तपाईंलाई नेपाली चलचित्र ‘मिस यू’ को बारेमा कुनै जानकारी लिनु छ भने चिन्ता नगर्नुस् । तपाईको त्यो समस्याको समाधान निर्देशक सुरेश दर्पण पोखरेलले समाधान गरिदिएका छन् ।

निर्देशक पोखरेलले आफ्नो व्यानर दर्पण क्रियशनको वेबसाईट दर्पणक्रियशन डटकम (darpancreation.com) मा आफूले निर्देशन गरेको चलचित्र ‘मिस यू’ को जानकारी दिने कोसिस गरेका छन् । दर्पणक्रियशन डटकम लगअन गर्ने बित्तिकै चलचित्र ‘मिस यू’ का केहि तस्विरहरूको साथमा सो चलचित्रको फेसबुक फ्यान पेज पनि देख्न सकिने छ भने चलचित्रको बारेमा पूर्ण जानकारी लिन ‘इन्टर’ बटन थिच्नुपर्ने छ । सो वेभसाईटमा ‘मिस यू’ को साथमा सुरेशले निर्देशन गरेका सबै चलचित्रको बारेमा जानकारी लिन सकिन्छ ।

चलचित्र ‘मिस यू’ को बारेमा जानकारी लिनको लागि भने www.darpancreation.com/blog/ लगअन गर्नुपर्ने हुन्छ । अहिले सो ब्लगमा बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू पढ्न सकिने छ । युवापुस्ता माझ मौलाईरहेको अनलाईन क्रेजलाई मध्ये नजर गर्दै चलचित्रको प्रचार प्रसार अनलाईनको माध्यमबाट नै शुरू गरेको निर्देशक पोखरेलको भनाई छ । दिलीप रायमाझी, नम्रता श्रेष्ठ र बरूण राणाको मुख्य अभिनय रहेको सो चलचित्रको प्रदर्शन शुरूवात युरोपबाट गरिने भएकोले पनि अनलाईनमा यसलाई बिशेष प्राथमिकता दिईएको निर्माता तथा नायक दिलिप रायमाझी बताउँछन् ।

दिव्या एण्ड दर्पण क्रियशनको प्रस्तुती रहेको सो चलचित्रको फेसबुक फ्यान पेज पनि रहेको छ । कहि साता अघि बनाईएको सो फ्यान पेजलाई अहिले सम्म २८१ जनाले लाईक गरेका छन् । लाईक गर्नेको संख्या दिन प्रतिदिन बढ्दो रूपमा रहेको छ ।

‘मिस यू’ को फेसबुक फ्यान पेज
www.facebook.com/missu.film

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

चलचित्र मीस यु फेसवुक वाट प्रचार प्रसार सुरु May 2, 2011 by Mero Khabar

May 5th, 2011

चलचित्र मीस यु लाई निर्देशक शुरेश दर्पण पोखरेलले फेसवुक वाट प्रचार प्रसार सुरु गरेका छन । नेपालमा भन्दा पहिला विदेशमा पर््रदर्शन गर्ने लक्ष्य राखिएको मीस यु लाई किन फेसवुक मार्फ प्रचार प्रसार सुरु गर्नु भयो भन्ने प्रश्नमा देश विदेशमा रहने नेपालीहरुमा फेसवुक निकै लोकप्रिय भएको र यो फेसवुक पछिल्लो समयमा राम्रो संचार माध्ययम रहेकोले छिटो छरितो रुपमा दर्शक माझ जानकारी पुग्ने भएकोले यसको प्रयोग गरेको जानकारी दिए ।

चलचित्र मीस यु मा दिलीप रायमाझी,नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

मिस यू हिट !

April 30th, 2011

बिहानीले दिनको संकेत गर्छ भने जस्तै पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘मिस यू’ रिलिज पूर्व नै हिट भएको संकेत सामाजिक संजाल फेसबुकमा देख्न सकिन्छ । सुरेश दर्पण पोखरेलले निर्देशन गरेको चलचित्र ‘मिस यू’ को प्रतिक्षमा दर्शकहरू बसेको सो फेसबुकले देखाएको छ । 219048_101590533261504_101588739928350_10366_4683286_o

निर्देशक पोखरेलले गत मार्च २८ तारिखका दिन चलचित्रका नायक दिलिप रायमाझी, बरूण राणा र नायिका नम्रता श्रेष्ठको साथमा आफू सहितको एक तस्विर राखेका थिए । मिस यू टिम भनेर राखिएको सो तस्विरमा यो समाचार तयार पारूञ्जेल सम्म ५२ जनाले लाईक गरेका छन् भने ३८ जनाले कमेन्ट गरेका छन् । जसमा केहिले ‘मिस यू’ को पर्खाइमा रहेको बताएका छन् भने केहिले ‘मिस यू’ भनि कमेन्ट गरेका छन् । यसैगरी केहीले निर्देशक त कलाकारलाई बधाई दिएका छन् ।

नायक दिलिप रायमाझीले निर्माण गरेको सो चलचित्र प्रदर्शन पूर्व नै हिट हुँदा चलचित्र युनिट निकै खुसी छ । नायक तथा निर्माता रायमाझी भन्छन्,’हामीले दर्शकलाई राम्रो चलचित्र दिने कोसिस गरेका छौं । आशा छ दर्शकहरूले हाम्रो सानो उपहार ग्रहण गर्न मिस गर्नुहुने छैन ।’ यसैगरी निर्देशक पोखरेलले पनि राम्रो चलचित्र बनाउने प्रयत्न गरेको बताउँछन् । ‘मिस यू’ लाई आफ्नो ड्रिम प्रोजेक्ट चलचित्र मान्दै आएका निर्देशक पोखरेलले नायक बरूण राणा मात्र नभएर नायक दिलिप र नायिका नम्रताका लागि पनि यो चलचित्र ब्रेक जस्तै रहने प्रतिक्रिया दिए ।

मलेसियाका रमणिय स्थानमा छायाँकन गरिएको सो चलचित्र छिट्टै नै दर्शक माझ आउने निर्देशकको भनाई छ । करिब एक करोडको लागतमा निर्माण गरिएको सो चलचित्रको डबिङ केहि दिनमा शुरू गरिने भएको छ । जे होस् चलचित्र ‘मिस यू’ रिलिज अगाडी नै हिट भएकोमा सम्पूर्ण टिमलाई बधाई र साथमा ‘मिस यू’ लाई आश गरेर बसेका दर्शकलाई निराश नपार्नु होला भन्ने शुभकामना पनि !

फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र १९, शनिवार

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

मिस यू को छायांकन समाप्त

April 30th, 2011

मलेसियामा छायांकन भैरहेको नेपाली कथानक चलचित्र मिस यू को छायांकन सकिएको छ । करिव एक महिना अगाडि मलेसिया आईपुगेको चलचित्रको टोलीले मलेसियाको मलक्का भन्ने स्थानवाट छायांकनको शुरु गरेको थियो भने शुक्रवारका दिन हिन्दुहरुको मन्दिर रहेको वातुकेभको नजीकै रोडमा अन्तिम छायांकन गरेको थियो । miss u team
दशै उत्सवको छायांकनको लागि उक्त स्थानलाई रोजेको निर्देशक सुरेश दर्पण पोख्रेलले बताए । चलचित्र निमार्ण गर्नका लागि मलेसियामा रहेका नेपालीहरुवाट निकै सहयोग पुगेको बताउदै आगामि दिनमा अन्य चलचित्र छायांकनको लागि समेत आफु मलेसिया आउने बताए ।

अन्तिम दिनको छायांकनमा मलेसियामा रहेका धेरै नेपालीहरुलाई निम्ता गरिएका कारण छायांकन स्थलमा मलेसियामा रहेका नेपालीहरु पुगेका थिए । नायक दिलीप रायमाझिको समेत लगानी रहेको उक्त चलचित्रमा दिलीप रायमाझि, नम्रता श्रेष्ठ, वरुण राना, अनिता दाहाल लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

चलचित्रको ७० प्रतिशत छायांकन मलेसियामा भएको छ ।मलेसियामा आफु विभिन्न कार्यक्रमहरुमा आउदा यहाँको दृश्यहरुलाई पर्दामा उतार्न आफु निकै लालायित भएको कारण आफुले छायांकनको लागि मलेसिया राजेको नायक तथा निर्माता दिलीपले बताए ।

रामचन्द्र नेपाल, क्वालालम्पुर, २०६७ आश्विन ८, शुक्रवार

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

नम्रता र दीलिप एउटै ओच्छ्यानमा

April 30th, 2011

जोरपाटीको घरमा नायक दीलिप रायमाझी र नायिका नम्रता श्रेष्ठलाई एउटै ओच्छायानमा सुतिरहेको अवस्थामा फेला पारिएको छ । निकै राम्रो साडीमा सजिएकी नम्रता र दीलिपको निधारमा रातो अक्षताको डाम पनि थियो ।

अक्षताको त्यो डामलाई झट्ट हेर्दा लाग्थ्यो उनीहरूले मन्दिरमा सुटुक्क बिवाह गरे तर त्यो खबर भने फिल्म इन्डस्ट्रीजमा कसैलाईपनि थाहाँ हुन सकेको छैन । कोठा चिटिक्क थियो । झ्यालका पर्दाहरू सबै झारिएको थियो । बेड देखि तन्न सबै नयाँ थिए । छेउमै एक जोर परेवाको स्टाचु थियो साथमा बासबाट निर्मित सानो हस्तकले मन्दिर पनि ।

ब्ल्याङकेट ओढेर ओच्छयानमै आधा निद्रामा रहेका दीलिपले नम्रतालाई ज्यासी भनेर बोलाउदै थिए । आफनो नाम समेत परिवर्तन गरिदिएका दीलिपको ब्यबहार प्रति नम्रताले निकै आक्रोस पोखी रहेकी थिइन् । उनी भन्दै थिइन् ‘मैले रक्सी खाएको बेलामा केही पनि देख्दिन् , तर त्यो जान्दा जान्दै पनि तिमिले यो सब गर्‍र्यो ? ‘ लाग्थ्यो त्यो सम्बाद सुन्दा उनीहरूले विबाह गरेका छैनन् तर रात भने एउटै ओच्छयानमा उनीहरूले काटेका हुन ।

वास्तविक जीवनमा बिवाह बन्धनमा बाधिसकेका नायक दीलिप रायमाझी र अविबाहित नम्रता एउटै ओच्छयानमा भेटिनु र नम्रताको त्यो सम्बादले दीलिप र नम्रताको सम्बन्धबारे विविध प्रश्न उब्जाएको छ । सुत्ने बेलामा एउटै ओच्छयानमा सुत्ने अनि ब्यूझिएपछी दीलिपलाई किन नम्रताले गाली गरिन त ? रक्सीले मातिएको अवस्थामा त्यो रातमा नम्रता र दीलिपबीच के के भयो ? त्यो भने चलचित्र ‘मिस यू’ को प्रदर्शनपछी नै थाहाँ होला ।

माथिका ती सवै घटना बास्तविक नभई छायाकंनको क्रममा चलचित्रको विविध दृश्यमा नम्रता र दीलिपले अभिनय गरेको एक अंश हो । ७० प्रतिशत मलेसियामा छायाकंन गरिएको सो चलचित्रको बाकी छायाकंन मंगलबार देखि काठमाण्डौमा सुरू गरिएको छ ।

नायक दीलिप रायमाझीले निर्माण गरेको सो चलचित्रलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् । विदेशमा रहेका नेपालीहरूमा पनि आफ्नो देश प्रतिको संस्कृति मोह, सामान्य प्रेम कथा तथा विविध बिषयलाई आधार बनाएर निर्माण गरिएको सो चलचित्रको छायाकंन नेपालमा पहिलो पटक आज मंगलबार देखि सुरू गरिएको हो ।
source filmykhabar.com काठमाण्डौ, २०६७ कार्त्तिक ९, मंगलवार

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks